‘फ्लाइट नम्बर ६ सय ८१’ मा भैरहवा उडे रवि

पाेखरा | कात्तिक २७, २०८१

‘फ्लाइट नम्बर ६ सय ८१’ मा भैरहवा उडे रवि

पोखरा:  विभिन्न सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देही लगिँदैछ ।

 

त्यसका लागि पोखराबाट बुद्ध एयरको फ्लाइट नम्बर ६ सय ८१ मार्फत मध्यान्ह १२ बजे उडेका हुन् ।

 

बिहानै रुपन्देही पुर्याउने भनिएपनि प्रतिकुल मौसमका कारण १२ बजे जहाज उडेको हो । उनलाई कास्की प्रहरीले बिहान ५ बजेर ५५ मिनेटमा विमानस्थलमा प्रवेश गराएको थियो ।

 

उनलाई त्यहाँबाट प्रहरीले रुपन्देही लैजाने छ ।

 

सुप्रिम सहकारीको बचत रकम अपचलनमा पनि संलग्न भएको आरोपमा लागेका लामिछानेलाई बयान सकिएपछि पोखरा नै फर्काइने बताइएको छ ।
 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्